लिबर्टी माइक्रो लाइफद्वारा दोस्रो वार्षिक साधारण सभा आह्वान

१५ जेष्ठ २०८२, बिहीबार १२:२१

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १२ गते बसेको बैठकको निर्णयले सभा असार ६ गते, पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।

सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सोही अवधिका वित्तीय विवरणसहित अनुसूचीहरुउपर छलफल गरी पारित गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१–८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।साधारण सभामा भाग लिन शेयरधनीले आफ्ना परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र लिई आउन कम्पनीले अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*