‘प्रतिशाखा २,५२७ जनसंख्या बैंकिङ सेवामा, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ९.५% बढ्यो’

१५ जेष्ठ २०८२, बिहीबार १४:०३

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशभर वित्तीय पहुँच विस्तार भएको बताएका छन्। उनका अनुसार हाल देशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ।

सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसङ्ख्यालाई बैंकिङ सेवा उपलब्ध गराइएको जानकारी दिए। यसले वित्तीय समावेशीकरणमा उल्लेखनीय सुधार भएको संकेत गर्छ।

उनका अनुसार २०८१ सालको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ९.५ प्रतिशतले बढेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पनि ७.७ प्रतिशतले वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*