फागुनसम्म साढे ६४ लाख बढी विदेशिए, ईपीएस प्रणालीबाट जाने घटे

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ६४ लाख ६१ हजार १९ जना नेपाली विदेशिएका छन्।
जसमध्ये महिला ६.७ प्रतिशत र पुरुष ९३.३ प्रतिशत रहेका छन्। त्यस्तै यसै अवधिसम्म ३ लाख १७ हजार ६३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्।
चालू आवको फागुनसम्म ईपीएस प्रणालीबाट ७ हजार ५०९ जना दक्षिण कोरिया गएका छन्। गत वर्षको यसै अवधिसम्म १० हजार ८५५ जना गएका थिए।
सबैभन्दा बढीले यूएईका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगारका लागि १११ वटा देश खुला गरिएको छ भने १ हजार ६७० वटा म्यानपावरले श्रमिकलाई विदेश पठाउन इजाजत पाएका छन्।
चालू आवको फागुनसम्म वैदेशिक रोजगारीका क्रममा ९७४ जनाले ज्यान गुमाएका छन्। जसबापत परिवारले ६५ करोड ६७ लाख ६० हजार क्षतिपूर्ति पाएका छन्। त्यस्तै ३३६ जना अंगभंग भएका छन्।