तीन तह सरकारलाई बाँडफाँट हुने राजस्व ४ खर्ब ४६ अर्ब
१५ जेष्ठ २०८२, बिहीबार १४:३६

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारहरूमा बाँडफाँट हुने राजस्वमा ५.८ प्रतिशतले वृद्धि भएको छ। यो राजस्व रु. ४ खर्ब ४६ अर्ब ४६ करोड पुगेको छ।
अर्थ मन्त्रालयका अनुसार उक्त रकममध्ये रु. ४ खर्ब ३८ अर्ब ६७ करोड तीन तहका सरकारमा बाँडफाँट भइसकेको छ भने रु. ७ अर्ब ७९ करोड बाँडफाँट हुन बाँकी छ।
गत आर्थिक वर्ष २०७९/८० मा तीन तहका सरकारमा बाँडफाँट हुने राजस्व सङ्कलन ५.८ प्रतिशतले घटेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा बाँडफाँट हुने राजस्वमा मूल्य अभिवृद्धि कर (भ्याट) को हिस्सा ६९.५ प्रतिशत, अन्तःशुल्क (आन्तरिक उत्पादन कर) को हिस्सा २३.० प्रतिशत र रोयल्टी लगायत अन्य राजस्वको हिस्सा ७.५ प्रतिशत रहेको छ।