स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख नाघ्यो
१५ जेष्ठ २०८२, बिहीबार १४:४३

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख नाघेको छ।
त्यसैगरी, मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ४३ हजार ७ सय ७१ पुगेको छ भने अन्तःशुल्कमा दर्ता भएका करदाताको संख्या १ लाख २३ हजार ६ सय ७२ पुगेको जानकारी दिइएको छ।