बजेटको झोला बोकेर अर्थमन्त्रालयबाट संसद भवनतर्फ निस्किए अर्थमन्त्री
१५ जेष्ठ २०८२, बिहीबार १४:४७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण दिउँसो ३ बजे अर्थमन्त्री पौडेल प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका हुन् ।