आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक सहायता प्राप्तिमा कमी

१५ जेष्ठ २०८२, बिहीबार १४:४८

काठमाडौं । पछिल्ला वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा संघीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान २४ अर्ब १ करोड र वैदेशिक ऋण १ खर्ब १३ अर्ब २७ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति १ खर्ब ३७ अर्ब २८ करोड रहेको छ।

उक्त अवधिमा प्राप्त कुल वैदेशिक सहायता मध्ये ऋणको अंश ८२.५ प्रतिशत र अनुदानको अंश १७.५ प्रतिशत रहेको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति २.४ प्रतिशत रहेको आर्थिक सर्वेक्षण २०८१/८२ मा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*