करिब २ लाख घरपरिवारलाई गरिब परिचयपत्र वितरण

१५ जेष्ठ २०८२, बिहीबार १४:५२

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म ११ जिल्लाका १ लाख ९६ हजार ६ सय १५ घरधुरी गरिब परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ। हालसम्म ६० जिल्लामा परिचयपत्र वितरण भइसकेको छ।

गरिबी निवारणका लागि ‘तराई–मधेस समृद्धि कार्यक्रम’ मार्फत २२ जिल्लामा २०७८ सालदेखि नै स्थायित्वसाथ कार्यक्रम सञ्चालनमा रहेका छन्। ४ वटा संघ तथा परियोजनाहरूले यो कार्यक्रम कार्यान्वयन गरिरहेका छन्। यस अन्तर्गत गरिब घरपरिवारको पहिचान, सीपमूलक तालीम तथा स्वरोजगारको अवसर प्रदान गरिने भएको छ।

यसैबीच २०७९ सालदेखि लागू गरिएको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत दलित, सुकुम्बासी, महिलाहरू, साना किसान र विपन्न वर्गका लागि सहुलियतमा कृषि, उद्यमशीलता, खानेपानी, सडक, ऊर्जा, नदी नियन्त्रण तथा जलवायु न्यूनीकरण जस्ता बहुउपयोगी योजना सञ्चालनमा आएका छन्।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका स्थानीय तहहरूमा पनि गरिब लक्षित उच्च पहाडी तथा हिमाली क्षेत्र स्वदेशी तथा आर्थिक(सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालनमा आएको छ। यसले १३ जिल्लाका ६२ स्थानीय तहका जनतालाई समेटेको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पनि आर्थिक वर्ष २०८१/८२ मा ७४३ स्थानीय तहमा ७ लाख ९७ हजारभन्दा बढी बेरोजगार व्यक्ति परिचयपत्रसहित सूचीकृत गरिएका थिए। तीमध्ये ६४ हजार ७३३ जनाले औसत ७९ दिनको रोजगारी पाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*