सहकारीमा झण्डै ४० अर्ब डुबेकोमा १ अर्ब ६७ करोड मात्रै फिर्ता

१५ जेष्ठ २०८२, बिहीबार १५:०४

काठमाडौं । सहकारीमा बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम डुबेकोमा चालू आवको फागुनसम्म १ अर्ब ६७ करोड ६७ लाख रकम मात्रै फिर्ता भएको छ।

चालू आवको फागुनसम्म सहकारी संस्था ३२ हजार ९६५ वटा रहेका छन्। सहकारीमा १ करोड ९ लाख ५ हजार बढी शेयर सदस्य रहेकोमा शेयर पूँजी १ अर्ब ४३ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

२२ वटा सहकारी समस्याग्रस्त घोषित भएकोमा ३ वटाको मात्रै हिसाब मिलेको छ। हालसम्म ६२ हजार ७१० जना बचतकर्ताको रकम डुबेकोमा ७ हजार १५५ जनाको सबै रकम फिर्ता र १ हजारको आधा बचत फिर्ता भएको छ।

सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत परिचालन भएर ९ खर्ब २३ अर्ब ४७ करोड कर्जा प्रवाह भएको छ।

यस अवधिसम्म सहकारी क्षेत्रमा ९० हजार बढीले रोजगारी पाएका छन्। गत असारसम्म सहकारीमा ९४ हजार जनाले रोजगारी पाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*