स्रोतको आवश्यक प्रबन्ध नहुदा विकास आयोजना सम्पन्न गर्न समस्या छः अर्थमन्त्री पौडेल

१५ जेष्ठ २०८२, बिहीबार १५:२६

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारले विभिन्न बजेटमा ल्याएका योजनाहरुको आवश्यक स्रोतको प्रबन्ध नहुँदा आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताएका छन् ।

बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले बजेट व्यवस्थापन भएको अवस्थामा मात्र विकास योजना समयमा सम्पन्न हुने बताएका हुन् ।

‘सार्वजनिक ऋणको बढ्दो अवस्थाले देशको दिगो विकासमा समेत असर परेको छ ।’ उनले भने, ‘सार्वजनिक प्रशासनलाई व्यवसायीक गरी प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको छ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*