दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने, रासायनिक मलको आपूर्ति बृद्धि गरीने

१५ जेष्ठ २०८२, बिहीबार १५:३७

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारले देशलाई आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने गरी काम गरीरहेको बताएका छन् । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले तराई र मधेश भित्रका २२ जिल्लामा चैते धान प्रबर्धन कार्यक्रम सञ्चालन गरी २२ टन धान उत्पादन गरीने बताएका हुन् ।

साथै, उनले चैते धान सिचाई पूर्वाधार निर्माणको लागि ३३ करोड रुपैयाँ बजेट बिनियोजन गरीएको समेत बताए ।
‘लुुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा उच्च मूल्यका बाली बस्तु खेती गर्नको लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरीएको छ।’ उनले भने । ‘रासायनीक मलको आकार बृद्धि गरी ६ लाख मेट्रिक टन पुर्याइने छ । रासायनीक मलमा अनुदानको लागि २८ अर्ब रुपैयाँ छुट्याएको छु।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*