प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउने सरकारको घोषणा
१५ जेष्ठ २०८२, बिहीबार १६:०१

काठमाडौं । सरकारले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्दै प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको घोषणा गरेका हुन् ।
उनले मंसिरदेखि यो नियम लागू हुने जानकारी दिएका हुन् ।