उद्योग दर्तादेखि बन्दसम्मका काम एकै ठाउँबाट
१५ जेष्ठ २०८२, बिहीबार १६:०७

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उद्योग दर्तादेखि बन्द (बाहिरिने) प्रक्रिया समेत एउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै अबदेखि कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकलविन्दु प्रणालीबाट सम्पादन हुने बताए ।
त्यस्तै, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिने व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ ।
सरकारले उद्योगमैत्री वातावरण बनाउँदै लगानी प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।