स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब बजेट विनियोजन, बाँकी दावी रकम यसै वर्ष भुक्तानी गरीने

१५ जेष्ठ २०८२, बिहीबार १६:१९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरीने बताएका छन् ।

बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा सम्बन्धि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा बिस्तार गरीने बताएका हुन् ।

‘बीमितहरुको सुविधा थैली क्रमशः बृद्धि गर्दै लगिने छ । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरीने छ । बीमितहरुलाई फरक–फरक पोलिसीको सुविधा उपलब्ध गराइने छ।’ अर्थमन्त्री पौडेलले भने ।

‘बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वको लागि स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरीने छ । बीमा प्रणालीमाथीको व्ययभार कम गर्न सरकारद्वारा उपलब्ध गराइने अत्यवाश्यक औषधिहरु बीमामा जोडिने छ ।’ उनले भने ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको र हालसँम्म बाँकी रहेको भुक्तानी दावी रकम यसै वर्षभित्र तेस्रो पक्षबाट परीक्षण गराई फरफार गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*