सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय गर्न पाइने घोषणा
१५ जेष्ठ २०८२, बिहीबार १६:१३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय सञ्चालन गर्न दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणमा यो जानकारी दिएका हुन्।
अर्थमन्त्री पौडेलले भने, ‘निर्यातजन्य व्यवसायीहरूले विदेशमा पनि आफ्नो व्यवसाय विस्तार गर्न सक्नेछन्। यसले व्यवसायीहरूलाई नयाँ बजारमा प्रवेश गर्ने अवसर दिनेछ।’
उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको सुनाए ।














