कुन मन्त्रालयले कति पाए बजेट ?

१५ जेष्ठ २०८२, बिहीबार १६:२२

काठमाडौँ । सरकारले मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणा गर्दै बजेट सुनाएका हुने ।

स्वास्थ्य मन्त्रालयको लागि सर्वाधिक बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ छुट्याएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि कुल १३ अर्ब २८ करोड, शिक्षा मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ बजेट पाएका छन् ।

यता, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई ७ अर्ब ४९ करोड रुपैयाँ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट पाएको छ ।

साथै, युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड, वन तथा वातावरण मन्त्रालयमा १८ अर्ब ६१ करोड बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*