अब सरकारले बिजुलीको शुल्क समय अनुसार फरक गर्ने

१५ जेष्ठ २०८२, बिहीबार १६:३२

काठमाडौँ । सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

‘औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को खपत समयका आधारमा फरक फरक महसुल निर्धारण गरिनेछ’, अर्थमन्त्री पौडेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*