नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट

१५ जेष्ठ २०८२, बिहीबार १६:३८

काठमाडौँ । सरकारले नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गर्नका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

‘नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गर्नका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छु,’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*