विद्युत्तीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट
१५ जेष्ठ २०८२, बिहीबार १७:३६

काठमाडौँ । सरकारले विद्युत्तीय गाडी, पाट्सलगायतका उपकरण आयात गरी गाडी एसेम्बर गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।
भन्सार शुल्क भने १ प्रतिशत लाग्ने जनाइएको छ ।