सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम निरन्तर

१५ जेष्ठ २०८२, बिहीबार १८:१३

काठमाडौं । नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

सुरक्षा निकायहरूलाई स्रोत साधन सम्पन्न बनाइने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, ‘बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’ नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सक्षम तुल्याइने पौडेलले घोषणा गरेका छन् । सशस्त्रलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा परिचालन गर्ने उल्लेख गर्दै पौडेलले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान गर्ने क्षमता विस्तार गरिने बताए ।

राष्ट्रिय सेवा दलको प्रभावकारिता बिस्तार गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् । पौडेलले खुल्ला कारागारको अवधारणा कार्यान्वयन गर्दै लगिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*