बजेटले अटो क्षेत्रमा मुस्कान भरेको छ : नाडा अध्यक्ष करण चौधरी

१५ जेष्ठ २०८२, बिहीबार १९:३६

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटो मोबाइल एशोसियसन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई उद्योगमैत्री र उत्साहजनक भनेको छ ।

नाडाका अध्यक्ष करण चौधरीले बजेटले अटो क्षेत्रमा मुस्कान ल्याएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार नाडाले राखेका अधिकांश मागहरू बजेटले सम्बोधन गरेको छ । ‘बजेटले नाडालाई अर्थपूर्ण रूपमा सम्बोधन गरेको छ’ चौधरीले भने, ‘यसले हामी उद्योगीहरुलाई थप प्रेरणा दिएको छ ।’

चौधरीका अनुसार बजेटले युवालाई प्रोत्साहन गर्ने र विद्युतीय सवारी क्षेत्रसँग जोडिएका सम्पूर्ण व्यवसायीहरूलाई हौसला दिने खालका प्रावधानहरू समेटेको छ । विद्युतीय सवारी क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले नीतिगत स्पष्टता दिन थालेकोमा उनी सन्तुष्ट देखिएका छन् ।

‘हामी नाडा अटो शो गर्ने भनेर जुन ठाउँ भएन भन्दा आजको दिनमा भृकुटिमण्डपलाई अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाउने भनिएको छ,’ उनले भने, ‘यो स्वागतयोग्य छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*