गणतन्त्र दिवसमा शोभा अर्यालसहित सात पत्रकार सम्मानित

१६ जेष्ठ २०८२, शुक्रबार ०९:४७

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याललाई बागमती प्रदेश सरकारले ‘संस्थागत पुरस्कार’ प्रदान गरेको छ।

गणतन्त्र दिवस २०८२ को अवसरमा अर्यालसहित सात जना पत्रकारलाई मिडियाको क्षेत्रमा पुर्‍याएको योगदानका लागि बागमती प्रदेश सरकारद्वारा सम्मान गरिएको हो।

शोभा अर्यालले स्थानीयदेखि संघीय सरकारसम्म मिडियामैत्री नीतिका लागि पहल गर्दै आएकी छन्। उनले विभिन्न तहका सरकारलाई ध्यानाकर्षण गराउँदै सञ्चारमाध्यमको हितमा निरन्तर आवाज उठाउँदै आएकी छन्।

प्रदेश सरकारले अर्यालसँगै मकवानपुरका प्रताप बिष्ट, काठमाडौंका कुमारभक्त रजिन्तकार (भाषामा कार्यक्रम सञ्चालन गर्ने), धादिङका नवराज छत्कुली, चितवनका नेपोलियन चेपाङ, सिन्धुपाल्चोककी अस्मी तामाङ र नुवाकोटका रामचन्द्र अर्याललाई पनि पुरस्कृत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*