यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१८ जेष्ठ २०८२, आईतवार ०६:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (जेठ १८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.६३ रूपैयाँ र बिक्रीदर १३७.२३ रूपैयाँ कायम गरिएको छ।

युरोपियन युरो एकको खरीददर १५४.८३ रूपैयाँ र बिक्रीदर १५५.५१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.११ रूपैयाँ र बिक्रीदर १८४.९२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६५.७३ रूपैयाँ र बिक्रीदर १६६.४६ रूपैयाँ तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८७.७३ रूपैयाँ र बिक्रीदर ८८.१२ रूपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९८.९३ रूपैयाँ र बिक्रीदर ९९.३७ रूपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०५.८२ रूपैयाँ र बिक्रीदर १०६.२९ रूपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर ९.४९ रूपैयाँ र बिक्रीदर ९.५३ रूपैयाँ, चिनियाँ युआन एकको खरीददर १८.९९ रूपैयाँ र बिक्रीदर १९.०७ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४२ रूपैयाँ र बिक्रीदर ३६.५८ रूपैयाँ, कतारी रियाल एकको खरीददर ३७.४९ रूपैयाँ र बिक्रीदर ३७.६६ रूपैयाँ रहेको छ।

थाइ भाट एकको खरीददर ४.१६ रूपैयाँ र बिक्रीदर ४.१८ रूपैयाँ, युएई दिराम एकको खरीददर ३७.२० रूपैयाँ र बिक्रीदर ३७.३६ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.१० रूपैयाँ र बिक्रीदर ३२.२४ रूपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर ९.९१ रूपैयाँ र बिक्रीदर ९.९५ रूपैयाँ, स्विडिस क्रोनर एकको खरीददर १४.२६ रूपैयाँ र बिक्रीदर १४.३२ रूपैयाँ र डेनिस क्रोनर एकको खरीददर २०.७६ रूपैयाँ र बिक्रीदर २०.८५ रूपैयाँ निर्धारण गरिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरीददर १७.४२ रूपैयाँ र बिक्रीदर १७.५० रूपैयाँ, कुवेती दिनार एकको खरीददर ४४५.३२ रूपैयाँ र बिक्रीदर ४४७.२८ रूपैयाँ, बहराइन दिनार एकको खरीददर ३६२.४१ रूपैयाँ र बिक्रीदर ३६४.०१ रूपैयाँ, ओमानी रियाल एकको खरीददर ३५४.९१ रूपैयाँ र बिक्रीदर ३५६.४६ रूपैयाँ कायम गरेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*