डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढ्यो

१८ जेष्ठ २०८२, आईतवार ०७:२९

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढाएको छ।

निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ भाउ बढाएको हो।

भाउ बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गअनुसार डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर १४०.५० रूपैयाँ, १४२ रूपैयाँ र १४३ रूपैयाँ पुगेको छ। पेट्रोलको मूल्य पनि बढेर क्रमशः १५६.५० रूपैयाँ, १५८ रूपैयाँ र १५९ रूपैयाँ कायम भएको छ।

यता आन्तरिकतर्फको हवाई इन्धनमा भने प्रतिलिटर ३ रूपैयाँ घटाएर ११८ रूपैयाँ प्रतिलिटर तोकिएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर ९०१ अमेरिकी डलर, पोखरामा ७२१ डलर र भैरहवामा ७०६ डलर कायम गरिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूची अनुसार खरीद मूल्यमा आएको परिवर्तनलाई आधार मानी स्थानीय बजारमा मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*