शिव श्री हाइड्रोपावरले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

१८ जेष्ठ २०८२, आईतवार ०९:३१

काठमाडौं । शिव श्री हाइड्रोपवार लिमिटेडले आउँदो असार ८ गते बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले सभामा शेयरधनीका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

यसका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभाका लागि निर्धारण गरिएको छ।

सभा प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने भएकाले जेठ २९ गतेसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*