स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत

१८ जेष्ठ २०८२, आईतवार १३:५२

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत नियुक्त गर्न आह्वान गरेको छ। आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले १८० जना मेडिकल अधिकृतलाई करार सेवामा नियुक्त गर्नका लागि आवेदन माग गरेको हो।

उनीहरूको कार्यावधि ९० दिनको हुनेछ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको हुनुपर्नेछ।

बोर्डले योग्यता पुगेका इच्छुक चिकित्सकलाई सात दिनभित्र आवश्यक कागजातसहित दरखास्त फाराम बुझाउन आह्वान गरेको छ। दरखास्त दिने उम्मेदवारको उमेर कम्तीमा २१ वर्ष र बढीमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*