आज तोलामै एक हजारले बढ्यो सुनको भाउ
१९ जेष्ठ २०८२, सोमबार १०:४५

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार रूपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रूपैयाँका दरले किनबेच भएको थियो।

त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ५ रूपैयाँले बढेर १ हजार ९९० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९८५ रूपैयाँका दरले किनबेच भएको थियो।











