काठमाडौं उपत्यकामा नेपाल प्रहरीको बस सेवा, कुन -कुन रुटमा पाईन्छ ?

१९ जेष्ठ २०८२, सोमबार १२:००

काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।

सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।

आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।

यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । यसले सर्वसाधारण मर्कामा परेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*