राइडसेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडरलाई कारबाही

१९ जेष्ठ २०८२, सोमबार १५:४५

राइडसेयरिङका नाममा बढी भाडा असुल गर्ने सयभन्दा बढी राइडरलाई कारबाही गरिएको छ । अहिलेसम्म १ सय २ जना कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार उजुरीका आधारमा राइड सेयरिङका नाममा बढी भाडा असुल गर्ने ६ जनालाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । यस्तै अन्य ९६ जनालाई ५०० र सोभन्दा माथि जरिवाना गरेको उनले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*