प्रचण्डले माधवकुमार नेपालसँग ओली र देउवालाई भेट्नु अघि किन भेटे ?

१९ जेष्ठ २०८२, सोमबार १६:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु अघि प्रचण्डले सोमबार सिंहदरबारमा नेपालसँग भेट गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले संसद‍् बैठक अवरुद्ध पार्दै आइरहेका छन् । भेटमा यिनै विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*