क्रेष्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

२३ जेष्ठ २०८२, शुक्रबार १७:२७

काठमाडौं । क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा जेठ २३ गते शुक्रबार सुर्खेतस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ।

सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए।

त्यसपश्चात् सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाबाट विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएका छन्। संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेका हुन्।

त्यसै गरी लेखापरिक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पनि छलफलपछि सर्वसम्मत रूपमा पारित भएका छन्। सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्ति प्रक्रिया पनि सम्पन्न गरेको छ।

त्यस्तै सभाले समूह ‘ख’ अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ।

सभाको समापनमा संस्थाका अध्यक्ष मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गरेका थिए। उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्‍याउँदै सभा सकिएको घोषणा गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*