अनेरास्ववियुको २४औं महाधिवेशन आजबाट शुरू, नयाँ युवा नेतृत्व चयन हुने

२५ जेष्ठ २०८२, आईतवार ०९:२८

काठमाडौं । नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरू हुँदैछ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा आयोजना हुने उद्घाटन सत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनले संगठनको भावी नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ।

यसपटक नेतृत्व चयनमा ३२ वर्षे उमेर सीमा लागू गरिएकाले पुराना पदाधिकारी महासचिव नरेश शाही, उपाध्यक्ष रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायतका दाबेदार स्वतः प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

संगठनको सचिवस्तरका दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेलजस्ता युवा नेताहरूले अध्यक्ष पदमा आकांक्षा राखेका छन्। उनीहरूमध्ये को नेतृत्वमा आउने भन्ने टुंगो भने अझै लागिसकेको छैन।

एमाले अध्यक्ष ओलीले सहमतिको माध्यमबाट नेतृत्व चयन गर्न निर्देशन दिएसँगै जनसंगठन समन्वय संयन्त्र सक्रिय छ। तर हालसम्म सर्वसम्मति जुट्न भने सकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*