अर्थमन्त्रालयद्वारा प्रगति विवरण सार्वजनिक, कुन मन्त्रालयको अवस्था कस्तो ? (पूर्णपाठसहित)

२५ जेष्ठ २०८२, आईतवार १३:३३

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयले आर्थिक वर्ष २०८०–८१ को यथार्थ र आर्थिक वर्ष २०८१–८२ को चैतसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम सबै मन्त्रालयहरूसँग सम्बन्धित नीति तथा कार्यक्रमको सम्बन्धमा वि.सं. २०८१ चैत मसान्तसम्मको वित्तीय र भौतिक प्रगति विवरण समावेश गरिएको छ । सम्बन्धित मन्त्रालयबाट सो अवधिमा सम्पादन भएका महत्त्वपूर्ण कार्य समेत संक्षिप्त रूपमा प्रस्तुत गरिएको अर्थ मन्त्रालयले जनाएको छ । ।

प्रस्तुत मन्त्रालयगत प्रगति विवरणमा आर्थिक ऐन, २०८१ को दफा १८ बमोजिम चैत मसान्तसम्म प्रदान गरिएको राजस्व छुटको विवरण, आर्थिक वर्ष २०८०–८१ मा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक सहायता र चालु आर्थिक वर्ष २०८१–८२ को चैतसम्म नेपाल सरकारलाई प्राप्त वैदेशिक सहायताको आयोजनागत प्रतिवद्धता विवरण समेत समावेश गरिएको छ ।

प्रस्तुत मन्त्रालयगत प्रगति विवरण सम्बन्धित मन्त्रालयले उपलब्ध गराएका तथ्याङ्क, सूचना एवम् प्रगति विवरण, महालेखा नियन्त्रक कार्यालयको खर्च व्यवस्थापनसम्बन्धी सूचना प्रणालीमा आधारित तथ्याङ्क समेतका आधारमा तयार गरिएको छ ।

 

मन्त्रालयगत प्रगति विवरण २०८२_6ba6d27

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*