बझाङको खप्तडछन्ना गाउँपालिकामा बीमा अन्तरिक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा बीमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार खप्तडछान्ना गाउँपालिका कर्मचारी, प्रतिनिधी तथा आम जनसमुदायको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख केदार नाथ भट्टले जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लायक राम चौधरीले बीमा सम्बन्धि प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा सहभागिहरुले बाली बीमा नगरेको, नविकरण हुन नपाउँदा कृषक मार्कामा परेको, अभिकर्ताहरुले पैसा लिने तर, प्रिमियम बुझाउन नगरेको, कृषि बीमा गर्दा कति पहिला सम्पर्क गर्ने लगायतका गुनासाहरु गरेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि खप्तडछन्ना गाउँपालिका उपाध्यक्ष बिष्णु कुमार थापाले बीमामा आवद्ध हुन सके आवश्यकताको सहाराको रुपमा काम गर्ने र घरमूलीको निधन हुँदा समेत आर्थिक सहायता प्रदान गर्ने बताएकी छिन् ।
कार्यक्रमको प्रमुख अतिथि खप्तडछन्ना गाउँपालिका उपाध्यक्ष बिष्णु कुमार थापा, विशिष्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर रोकाया, सभापतित्व नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश प्रमुख केदार नाथ भट्ट तथा कार्यपालिका सदस्य, कर्मचारी, वडा प्रतिनिधि, शिक्षक, बीमकका शाखा प्रमुख, कृषक लगायतको बाक्लो उपस्थिती रहेको थियो ।











