शिखर इन्स्योरेन्सलाई ऐतिहासिक सफलता, १० महिना २५ दिनमै पाँच अर्ब बीमा शुल्क आर्जन

२६ जेष्ठ २०८२, सोमबार १३:५५

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सले छोटो समयमा नै पुनः पाँच अर्ब बीमा शुल्क संकलन गर्न सफल भएको छ ।कम्पनीले चालु आर्थिक वर्षको १० महिना २५ दिनको अवधिमा उक्त बीमा शुल्क आर्जन गरेको हो ।

नेपाली निर्जीवन बीमा क्षेत्रमा हालसम्म कुनै पनि बीमा कम्पनीले सो अवधिमा पाँच अर्ब रुपैयाँ बराबर बीमा शुल्क आर्जन गर्न सकेका छैनन् । शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीहरुमध्येमा छोटो समयमा नै पाँच अर्ब बीमा शुल्क आर्जन गर्ने पहिलो तथा हालसम्मकै एकमात्र बीमा कम्पनी बन्न सफल भएको हो ।

यस अघि पनि शिखर इन्स्योरेन्स नै सर्वाधिक छोटो समयमा पाँच अर्ब बीमा शुल्क आर्जन गर्ने कम्पनी बनेको थियो । कम्पनीले यो सफलतालाई ‘हाम्रा ग्राहकको भरोसामा, हाम्रो सफलता’ भन्दै भव्य रुपमा मनाइरहेको छ ।

कम्पनीले उक्त सफलतालाई उत्साहजनक तरिकाले मनाइरहेको छ । कम्पनीले सो सफलता हासिल गर्न भरोसा गरी बीमा गरीदिने सम्पूर्ण ग्राहकहरु, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेको छ । कम्पनीले साथै, भविष्यमा समेत अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*