काठमाडौं विमानस्थलमा फ्लाई दुबईको जहाज ओभरशूट, दोस्रो पटक अवतरणको प्रयास गर्दै

३० जेष्ठ २०८२, शुक्रबार ०९:२३

काठमाडौं । दुबईबाट काठमाडौं आइरहेको फ्लाई दुबईको जहाज ओभरशूट गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबईको उडान नं एफडिबी ११३३ मा रहेको बोईङ ७३७ म्याक्स ८ जहाजले अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको हो ।

बारामाथिको आकाशमा चार फन्को मारेको जहाज अटोपाइलट मोडबाट बागमति खोला किनारा हुँदै काठमाडौंमा अवतरण गर्दै थियो ।

धावनमार्गमा आईपुग्न लाग्दा जहाजको सन्तुलन नमिलेपछि ओभरशूट गर्नु परेको बताइएको छ । करिब पाँच हजार फिट तल आइसकेको जहाजलाई ओभरशूट गर्दै भक्तपुरतर्फ घुमाएर धादिङ हुँदै बारामाथिको आकाशमा पुगेर उक्त जहाजले दोस्रो पटक अवतरणको प्रयास गर्दैछ ।

Update:

फ्लाई दुबईको जहाज दोस्रो पटकको प्रयासमा सकुशल अवतरण गरिसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*