दिपायल सिलगढीले खाजा र सभा सञ्चालनमा ५१ लाख स्वाहा, आन्तरिक आम्दानीको ३७ प्रतिशत खर्च

काठमाडौँ । आर्थिक अनुशासन र मितव्ययिता अपनाउनु पर्ने स्थानीय सरकारलाई खाजा र सभा खर्चमै भ्याइनभ्याइ भएको देखिएको छ। डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आन्तरिक आम्दानीको ठूलो हिस्सा खाजा, खाना र सभा सञ्चालनमै खर्च गरेको तथ्य सार्वजनिक भएको हो।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार नगरपालिकाले खाजा, खानालगायत विविध शीर्षकमा मात्रै ३६ लाख ४ हजार ५ सय ६५ रुपैयाँ खर्च गरेको छ। सो बाहेक सभा सञ्चालनका लागि छुट्टै १५ लाख १ हजार ३ सय ४० रुपैयाँ खर्च गरिएको उल्लेख छ। यी दुवै शीर्षकमा गरिएको खर्च जम्मा ५१ लाख १६ हजार ९ सय ५ रुपैयाँ पुग्छ।
उक्त रकम दिपायल सिलगढी नगरपालिकाको आन्तरिक आम्दानी १ करोड ३७ लाख ७० हजार ५ सय ९१ रुपैयाँ ७१ पैसाको ३७.१५ प्रतिशत हुन आउँछ। ऐनको प्रावधान अनुसार बजेट अनुमान आन्तरिक स्रोतको सीमा भित्र रही, आवश्यक र औचित्यपूर्ण खर्च मात्र गर्नुपर्ने प्रष्ट व्यवस्था छ। तर, नगरपालिकाले आफैंले आर्जन गरेको आम्दानीको झन्डै ४० प्रतिशत खाजा र बैठकमै खर्च गरेपछि जनप्रतिनिधि र प्रशासनको खर्चप्रतिको सोचप्रति प्रश्न उठेको छ।
नगरप्रमुख बाजी सि खड्का र उपप्रमुख कलावती महर साउद नेतृत्वको नगरपालिकाले स्पष्ट नीति नअपनाई मनलाग्दी ढंगले बजेट खर्च गरेको देखिएको छ।
अख्तियार छानबिन होश