इन्फिनिटी लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
२१ श्रावण २०८३, बिहीबार ०९:०३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । सम्बन्धित पदका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक नेपालीले अनलाइन मार्फत भदौ ४ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।












