जनउत्थान सामुदायिक लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?

१ भाद्र २०८३, सोमबार ०८:४९

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो।

जनउत्थान सामुदायिक लघुवित्त पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडका ८ जिल्ला गरी जम्मा १९ वटा जिल्ला कार्यक्षेत्र भएको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। यसको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ।

हाल कम्पनीको सीईओ पद रिक्त रहेकाले पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको विषयमा स्नातकोत्तर उपाधि हासिल गरी कम्तीमा ७ वर्ष वा स्नातक उपाधि हासिल गरी कम्तीमा १० वर्ष बैंक तथा वित्तीय संस्था वा सामुदायिक वित्तीय सेवा सम्बन्धी क्षेत्रमा व्यवस्थापकीय श्रेणीमा कार्य गरेको हुनु पर्नेछ।

उमेरको हकमा आवेदन दिने अन्तिम मितिमा ३० वर्ष पूरा गरेको र ६० वर्ष ननाघेको हुनु पर्नेछ। आवश्यक कागजात र वाञ्छनीय योग्यता आवेदन फाराममै उल्लेख गरिएको र तलब तथा अन्य सुविधा नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा आधारित रही आपसी समझदारीमा तय गरिनेछ।

छनौटका लागि व्यावसायिक योजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ। आवेदन फाराम कम्पनीको आधिकारिक वेवसाइटबाट डाउनलोड गर्न सकिनेछ भने कम्पनीको केन्द्रीय कार्यालयमा वा इमेल ठेगानामा आवेदन पठाउन सकिनेछ। आवेदन भदौ २१ गतेभित्र पठाइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*