कालिका लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकजना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो।
यसका लागि कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ३ वर्ष वरिष्ठ प्रबन्धक पदमा कार्य गरेको वा स्नातक वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ५ वर्ष वरिष्ठ प्रबन्धक पदमा काम गरेको हुनु् पर्नेछ।
उमेरको हदमा दरखास्त दिने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ५० वर्ष ननाघेको हुनु पर्नेछ। तर कम्पनीको बहालवाला कर्मचारीलाई भने उमेर हद लाग्ने छैन।
तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित भदौ १७ गतेभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालय वा इमेल ठेगानामा दरखास्त फाराम पठाउनु पर्नेछ। परीक्षा प्रस्तुतीकरण र अन्तर्वार्ता गरी दुई चरणको हुने कम्पनीले जनाएको छ।ञ









