आज ४९ जिल्लामा बाढीको खतरा, १६ जिल्लामा उच्च जोखिम

११ आश्विन २०८३, आईतवार ०९:३९

काठमाडौं । आज देशका विभिन्न जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ।

महाशाखाका अनुसार बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्नेछ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

त्यस्तै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी क्षेत्रमा भने आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाको पूर्वानुमान छ। विशेषगरी लगातार वर्षा भइरहेका स्थानमा नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*