ललितपुरमा साढे दुई तले पक्की घर पहिरोले ढल्यो

१२ आश्विन २०८३, सोमबार ०९:४७

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित साढे दुई तलाको एउटा पक्की घर पहिरोका कारण ढलेको छ।

आज बिहान करिब ६ बजेर ३५ मिनेटको समयमा स्थानीय बासिन्दा सोवितकुमार थापाको साढे दुई तलाको पक्की घर ढल्न पुगेको हो।

अविरल वर्षाका कारण जमिन कमजोर भएर भिरालो हुँदै गएपछि उक्त घर जोखिममा परेको थियो। घर जोखिममा परेपछि हिजो आइतबार नै घर खाली गरिएकाले मानवीय क्षति भने भएको छैन। उक्त घरमा थापाको ३ जनाको परिवार बस्दै आएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*