निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक बीमा
१५ आश्विन २०८३, बिहीबार १४:५०

काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती कर्मचारीका लागि आकर्षक कल्याणकारी सुविधा प्रस्ताव गरेको छ।
विधेयकको दफा ४९ मा कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्म अध्ययनका लागि आवश्यक खर्च जुटाउन शैक्षिक बीमा योजना लागू गर्न सकिने व्यवस्था गरिएको छ।
यस्तै, दफा ५२ मा कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तो ऋण सेवा अवधिभरमा एक कर्मचारीले एकपटक मात्र लिन पाउनेछ।











