नेपाल इन्फ्रास्ट्रक्चर बैंकका २० ठूला शेयरधनी, ५ बीमा कम्पनीको उल्लेख्य हिस्सा

१५ आश्विन २०८३, बिहीबार १४:०४

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का ठूला शेयरधनीमध्ये ५ वटा बीमा कम्पनी रहेका छन् । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक विवरणअनुसार बैंकका ठूला शेयरधनीको संख्या २० रहेको छ ।

ठूला शेयरधनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ९एलआईसी नेपाल०, नेपाल पुनर्बीमा कम्पनी, एसियन लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन् ।

बैंकको सबैभन्दा ठूलो शेयरधनी अर्थ मन्त्रालय रहेको छ । अर्थ मन्त्रालयको बैंकमा १० प्रतिशत स्वामित्व रहेको छ । त्यसपछि दोस्रो ठूलो शेयरधनीका रूपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको निफ्रामा ८।९५ प्रतिशत स्वामित्व रहेको छ ।

त्यस्तै, एलआईसी नेपाल बैंकको सातौँ ठूलो शेयरधनी हो । एलआईसी नेपालको स्वामित्व ४।२० प्रतिशत रहेको छ ।

नेपाल पुनर्बीमा कम्पनी बैंकको आठौँ ठूलो शेयरधनीका रूपमा रहेको छ । कम्पनीको निफ्रामा २।४७ प्रतिशत स्वामित्व रहेको छ । यस्तै, एसियन लाइफ इन्स्योरेन्स बैंकको नवौँ ठूलो शेयरधनी हो । एसियन लाइफको स्वामित्व पनि २।४७ प्रतिशत रहेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स बैंकको १२औँ ठूलो शेयरधनीका रूपमा रहेको छ । कम्पनीको निफ्रामा ०।७८ प्रतिशत स्वामित्व रहेको बैंकको वार्षिक विवरणमा उल्लेख छ ।

बीमा कम्पनीबाहेक ग्लोबल आइएमई बैंक निफ्राको तेस्रो ठूलो शेयरधनी रहेको छ । त्यसपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंक क्रमशः ठूला शेयरधनीका रूपमा रहेका छन् ।

यसरी निफ्राका ठूला शेयरधनीको सूचीमा जीवन बीमा, निर्जीवन तथा पुनर्बीमा क्षेत्रका कम्पनीहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*