सरकार पाँचै वर्ष चल्छ, ढल्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा निराधार भएको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा आयोजित रास्वपाको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने हल्ला बारम्बार सुनिने गरे पनि त्यस्तो नहुने दाबी गरे ।
उनले भने, “कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो । उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ । दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ । नेपाल संवत्मा ढल्छ । ढल्छ कि ढल्छ भनेको बडो सुन्छु ।”
सरकार ढल्ने भविष्यवाणी गर्नेहरू नै सरकार नढलेको देखेर ढल्ने उनको टिप्पणी थियो । “ढल्न त ढल्छ, तर पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर चाहिँ ढल्छ । सरकार ढल्दैन । बिल्कुलै ढल्दैन,” उनले भने ।
लामिछानेले वर्तमान सरकार इतिहास रच्ने उद्देश्यसहित गठन गरिएको दाबी गर्दै सरकार पाँचै वर्ष चल्ने बताए । उनले लोकतन्त्रप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतन्त्रमाथि तलमाथि गर्न खोजिए जनताले त्यसको रक्षा गर्ने बताए ।
“सरकार अहिले ढल्छ, भोलि ढल्छ, दसैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ कि भनेको सुन्छु,” उनले भने, “ढल्न त ढल्छ, तर यो सरकार नढलेको देखेर भन्ने मान्छे चाहिँ बेहोस भएर ढल्छ । सरकार बिल्कुल ढल्दैन । पाँचै वर्ष चल्छ ।”
उनले इतिहासलाई साक्षी राखेर सरकार गठन गरिएको दाबी गर्दै लोकतन्त्रको रक्षा हुनेमा चिन्ता नगर्न आग्रह गरे ।
लामिछानेले सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै पहिचान र अधिकारका मुद्दालाई स्थापित गर्ने बताए । आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न दलहरूलाई आग्रह गर्दै उनले भने, “लोकतन्त्रलाई निर्वाचनको माध्यमबाट मात्र बलियो बनाउन सकिन्छ ।”











