भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

१५ कार्तिक २०८३, आईतवार १३:०१

काठमाडौं । डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन
भएका छन् ।

हिजो शनिबार उक्त स्थानमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला), जजला त्रिवेदी कुमार (पुरुष) लगायत ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी जिल्ला प्रशासन कार्यालय, दुनै डोल्पामा राति ९ बजे जानकारी दिइएको थियो ।

उक्त घटनाबारे जिल्ला सुरक्षा समितिको बैठक बसी निर्णयअनुसार हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया तथा समन्वय गरिएको प्रहरीले जानकारी दिएको छ । सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन नसकेको र थप विवरण आउन बाँकी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*