आईपीओ निष्कासनको पाइपलाइनमा ११७ कम्पनीलाई बोर्डले गर्यो वर्गीकरण, कुन समूहमा कुन कम्पनी ?

१२ कार्तिक २०८३, बिहीबार १३:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड मा साधारण सेयर (आईपीओ)निष्कासनको स्वीकृति माग्दै ११७ कम्पनीले आवेदन दिएका छन्। ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढीको ५१ करोड ९ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका हुन्।

सेबोनले आईपीओ आवेदनलाई ६ चरणमा वर्गीकरण गरेको छ। पहिलो चरणमा ७६, दोस्रोमा ६, तेस्रोमा ४, चौथोमा १९, पाँचौँमा १० र छैटौँ चरणमा २ कम्पनी रहेका छन्।

अन्तिम समीक्षा चरणमा रहेका आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले क्रमशः १२ करोड र १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।

सेबोनले आवश्यक कागजात, विवरणपत्र तथा कानुनी र नियामकीय मापदण्ड पूरा नभएसम्म आईपीओ निष्कासनको स्वीकृति नदिने जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*