एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठले दिए राजीनामा, कामु सीईओमा होमबहादुर श्रेष्ठ

९ कार्तिक २०८३, सोमबार ०९:४९

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले सीईओ पदबाट राजीनामा दिएका छन्।

कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको २२३औं बैठकले श्रेष्ठले दिएको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै अर्काे व्यवस्था नभएसम्मका लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*