पुसको पहिलो दिनमै १३ सयले सस्तियो सुन, तोलाको कति?

१ पुष २०८०, आईतवार १०:५७

काठमाडौं । पुस महिना लागेसँगै सुनको भाउमा गिरावट आएको छ । आज पुस महिनाको पहिलो दिनमै सुन प्रतितोला १३ सयले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार १०० र तेजावी सुन १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आईतबार चाँदीको भाउमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला १ हजार ४७० रुपैयाँ प्रतितोला कायम भएको चाँदी आईतबार १५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*