८० लाख रुपैयाँ ठगी आरोपमा फरार बिडारी बानेश्वरबाट पक्राउ
१४ आश्विन २०८३, बुधबार १६:४९

काठमाडौं । ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ स्थायी ठेगाना भई हाल तारकेश्वर नगरपालिका–५ बस्दै आएका ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् ।
प्रहरीका अनुसार बिडारीलाई बुधबार काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध ८० लाख रुपैयाँ बिगो कायम गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिडारीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।











